कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ ।

यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ३४१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।

अहिले १० लाख ४६ हजार ३०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४७ हजार ९१२ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका २०९ देशमा पुगेको छ ।

वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ७४० जना संक्रमित छन् । जसमध्ये ७७ हजार १६७ जना उपचारपछि घर फर्किएका छन् । अहिले १ हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । २११ जनाको अवस्था गम्भीर छ ।

यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा देखिएको छ । अमेरिकामा १ हजार ९४२ जनाको मृत्यु बितेको २४ घण्टामा हुँदा ज्यान जानेको संख्या १२ हजार ८१३ पुगेको छ । त्यस्तै २४ घण्टाको अवधिमा ३२ हजार ९३३ जनामा नयाँ संक्रमण देखिएको छ । अहिले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९९ हजार ९३७ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमित भएको स्पेनमा १ लाख ४१ हजार ९४२ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार २६७ जनामा संक्रमण देखिएको छ । ७०४ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ ।

सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १२७ पुगेको छ । यो २४ घण्टामा इटालीका ६०४ कोरोना संक्रमितको मृत्इु भएको छ । इटालीमा १ लाख ३५ हजार ५८६ जनामा कोरोना संक्रमण छ ।

त्यस्तै फ्रान्समा बितको २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । अहिलेसम्म फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ६ : ४७ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत