कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ ।

यो भाइरसको संक्रमण १४ लाख ३१ हजार ५३३ मा फैलिएको छ । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४० जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ३४१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।

अहिले १० लाख ४६ हजार ३०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४७ हजार ९१२ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका २०९ देशमा पुगेको छ ।

वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ७४० जना संक्रमित छन् । जसमध्ये ७७ हजार १६७ जना उपचारपछि घर फर्किएका छन् । अहिले १ हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । २११ जनाको अवस्था गम्भीर छ ।

यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा देखिएको छ । अमेरिकामा १ हजार ९४२ जनाको मृत्यु बितेको २४ घण्टामा हुँदा ज्यान जानेको संख्या १२ हजार ८१३ पुगेको छ । त्यस्तै २४ घण्टाको अवधिमा ३२ हजार ९३३ जनामा नयाँ संक्रमण देखिएको छ । अहिले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९९ हजार ९३७ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमित भएको स्पेनमा १ लाख ४१ हजार ९४२ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार २६७ जनामा संक्रमण देखिएको छ । ७०४ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ ।

सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १२७ पुगेको छ । यो २४ घण्टामा इटालीका ६०४ कोरोना संक्रमितको मृत्इु भएको छ । इटालीमा १ लाख ३५ हजार ५८६ जनामा कोरोना संक्रमण छ ।

त्यस्तै फ्रान्समा बितको २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । अहिलेसम्म फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ६ : ४७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर