कोरोनाभाइरसले अमेरिकाको न्युयोर्कमा मात्रै एकै दिन ७३१ को मृत्यु « Khabarhub

कोरोनाभाइरसले अमेरिकाको न्युयोर्कमा मात्रै एकै दिन ७३१ को मृत्यु


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक हालसम्मकै उच्च हो । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

जेलमा रहेका कैदीको पनि मृत्यु भएपछि अधिकारीहरु चिन्तामा परेका छन् । न्युयोर्कको जेलमा रहेका ५३ वर्षका माइकल टाइसन नाम गरेका एक व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएको छ ।

सोमबारसम्म न्युयोर्क शहरको जेलमा रहेका दुई सय ८६ कैदी र तीन सय ३१ कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो ।

अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ६१२ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ३ लाख ६१ हजार १४८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८२ हाजर बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : ३० बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,