यस्तो छ प्रोफेसरमाथि कोरोनाभाइरस बनाएर चीनलाई बेचेको आरोपको यथार्थ « Khabarhub

यस्तो छ प्रोफेसरमाथि कोरोनाभाइरस बनाएर चीनलाई बेचेको आरोपको यथार्थ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर कोरोनाभाइरसको संक्रमण महामारीका रुपमा फैलिएको छ । कोरोनाका कारण विश्वमा ८२ हजार बढीको मृत्यु भइसकेको छ । १४ लाख ३१ हजार भन्दा बढी संक्रमित छन् ।

अझै कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अमेरिकी प्रोफेसर चार्ल्स लिबरले चीनलाई कोभिड १९ कोरोना भाइरस बेचेका कारण उनलाई पक्राउ गरिएको भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल बनाइएका छन्।

उनलाई पक्राउ गरिएसँगै यस विषयमा विभन्न किसिमका तर्कहरु उब्जिएका छन् ।

चीनमा कोरोना भाइरसको उत्पत्तिका लागि सम्बन्धित चीनको ल्याबबाट प्राप्त गरेको रकम लुकाएको आरोपमा हार्भर्डका प्रोफेसर पक्राउ परेका दावीहरु समेत सार्वजनिक गरिएका छन् ।

तर उक्त दाबीहरु भने गलत भएको पुष्टी भएको छ ।

सत्य के हो भने चीनको सरकारले स्पोन्सर गरेको भर्ती कार्यक्रमसँगको सम्बन्ध र चीनको युहान युनिभर्सिटी अफ टेक्नोलोजी डब्लयुयुटीबाट उनले प्राप्त गरेको भनिएको रकमबारे अमेरिकी सरकारलाई झुक्याउन खोजेका कारण उनलाई पक्राउ गरिएको हो ।

उनी गत जनवरीमा पक्राउ परेका हुन् । लिबरको पक्राउ कोभिड १९ वा भाइरसको उत्पादन वा विकाशसँग सम्बन्धित नभएको जनाइएको छ ।

ती प्रोफेसरको पक्राउले कोरोना भाईरसको महामारीका सम्बन्धमा षड्यन्त्रको सिद्धान्तलाई मलजल गरेको फ्याक्ट चेक गर्ने वेवसाइट स्नुप्सले समेत प्रस्ट पारेको छ ।

यसबारेमा अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले समेत वक्तब्य जारी गरेको छ ।

गत जनवरी २८ मा उनी चीनबाट प्राप्त रकमबारे संघीय अधिकारीहरुलाई झुक्याएको र झुठो बोलेको आरोपमा पक्राउ परेका हुन् ।

उनको पक्राउ बौद्धिक बृत्तमा निकै ठूलो समाचार बनेको थियो । तर पछि उनलाई रकम प्रदान गरेको भनिएको विश्वविद्यालय चीनको युहानमा रहेको कुरा फैलदै गएपछि षड्यन्त्रका सिद्धान्तहरु विकाश गरेर कोरोना भाइरससँग जोडिएको वक्तव्यमा जनाइएको छ ।

वास्तवमा प्रोफेसर लिबरले चीनको सरकारको रक्षा मन्त्रालय र नेशनल इन्स्टीच्युट अफ हेल्थबाट रकम प्राप्त गरेका थिए । विदेशी सरकारबाट प्राप्त रकमबारे अमेरिकी सरकारलाई जानकारी दिनुपर्नेमा उनले यो कुरा लुकाएका थिए । यही विषयलाई लिएर उनलाई पक्राउ गरिएको हो ।

मिडिया रिपोर्टको विश्लेषण हेर्दा डा चार्ल्स लाइबर कोरोना भाइरस बनाउने भनिएको कुरामा कुनै सम्बन्ध छैन।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ११ : ०९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग