वैज्ञानिकको दाबीः स्वास लिँदा तथा बोल्दा पनि फैलन सक्छ कोरोना भाइरस « Khabarhub

वैज्ञानिकको दाबीः स्वास लिँदा तथा बोल्दा पनि फैलन सक्छ कोरोना भाइरस


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको छ भने यसलाई लिएर दैनिक जसो अध्ययन अनुसन्धान भइरहेका छन् ।

यसको लक्षण वाहेक स्वास लिँदा तथा बोल्दा पनि कोरोना भाइरस फैलन सक्ने दाबी एक वैज्ञानिकले गरेका छन् ।

अमेरिकाको नेशनल इन्स्टीच्युट अफ हेल्थमा सरुवा रोगका प्रमुख रहेका एन्थोनी फासीले अमेरिकाको समाचार च्यानल फक्स न्यूजसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

रुघा खोकीका अलावा यो भाइरस कुराकानी गर्दा मात्र पनि फैलन सक्छ, एन्थोनी फासीले बिरामी मानिस बाहेक स्वस्थ्य मानिसलाई पनि मास्क प्रयोग गर्न अपिल गरे ।

यसअघि नेशनल एकेडेमी अफ साइन्सेस नासले पनि ह्वाइट हाउसलाई एक पत्र लेखेर यो रिसर्चको बारेमा बताएको थियो ।

नासले पूर्ण रुपमा शोधको नतिजा प्राप्त नभएपनि अहिलेसम्मको अध्ययन अनुसार स्वास लिँदा पनि यो भाइरस सर्न सक्छ । अर्थात यो भाइरस हावामा फैलन सक्छ ।

यसअघि अमेरिकी स्वास्थ्य एजेन्सीले कोरोना भाइरस बिरामी मानिसले खोक्दा वा उसबाट निस्किएको छिटावाटा सर्ने जनाएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १० : ४१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल