परीक्षणमा कोरोना संक्रमण भेटिएन « Khabarhub

परीक्षणमा कोरोना संक्रमण भेटिएन


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका छ जनामा सङ्क्रमण नभएको पुष्टि भएको छ । नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रतिवेदनमा कोरोना नभएको पुष्टि भएको हो ।

छ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलका अनुसार परीक्षणका लागि पठाएको स्वाबमा कोरोना सङ्क्रमण नदिएको रिर्पोट प्राप्त भएको छ ।

यही चैत २५ मा भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएर यहाँका स्थानीयको घुम्ती मेडिकल टोलीले थप ३२४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाएको छ ।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १२ : ४७ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित