परीक्षणमा कोरोना संक्रमण भेटिएन « Khabarhub

परीक्षणमा कोरोना संक्रमण भेटिएन


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लामा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका छ जनामा सङ्क्रमण नभएको पुष्टि भएको छ । नमूना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रतिवेदनमा कोरोना नभएको पुष्टि भएको हो ।

छ जनाको स्वाब परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलका अनुसार परीक्षणका लागि पठाएको स्वाबमा कोरोना सङ्क्रमण नदिएको रिर्पोट प्राप्त भएको छ ।

यही चैत २५ मा भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएर यहाँका स्थानीयको घुम्ती मेडिकल टोलीले थप ३२४ जनाको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाएको छ ।

जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १२ : ४७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको