कोरोना संक्रमित भेटिए भन्दै फेसबूकमा स्टाटस लेख्ने व्यक्ति पक्राउ « Khabarhub

कोरोना संक्रमित भेटिए भन्दै फेसबूकमा स्टाटस लेख्ने व्यक्ति पक्राउ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका पवन कुमार भट्टराई छन् ।

प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेको भन्दै अफवाह फैलाएका थिए ।

उनले आफ्नो फेसबूकमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भाइरसको संक्रमित भेटिएको भन्दै अफवाह फैलाएका थिए ।

फेसबूकमा अफवाह फैलाएको देखिएपछि इलाका प्रहरी कार्यालय टीकापुरले भट्टराईलाई नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ०७ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,