ड्युटीमा हाजिर नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त « Khabarhub

ड्युटीमा हाजिर नभएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बुटवल– कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ ।

प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक अस्पतालले ५ जना चिकित्सकहरुलाई बर्खास्त गरेको हो ।

बर्खास्त हुने चिकित्सकहरुमा ईएनटी विभागका डा प्रकाश न्यौपाने, युरो सर्जन डा सुवासचन्द्र चौधरी, आकस्मिक विभागकी डा. प्रकृति कार्की एवम् रेडियोलोजी विभागका डा बरदान वली र डा ताराप्रसाद शर्मा छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पाँच जना चिकित्सकहरुलाई बर्खास्त गरिएको पुष्टि गरे । मेसु डा खनालका अनुसार बर्खास्तीमा परेका पाँचै जना चिकित्सक करार सेवामा कार्यरत थिए ।

‘पाँचै जना डाक्टरसा’वहरु अस्पताललाई जानकारी नै नदिइ २ सातादेखि ड्युटीमा हाजिर हुनुभएको थिएन,’ मेसु खनालले भने, ‘मन्त्रीज्युले तत्काल बर्खास्त गर्न निर्देशन दिनु भएको हो ।’

उनीहरुलाई चैत २० गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको मेसु खनालले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  २ : ४६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको