यस वर्ष दयाहाङ राईका ४ फिल्म, कुन चले ? कुन चलेनन् ? « Khabarhub

यस वर्ष दयाहाङ राईका ४ फिल्म, कुन चले ? कुन चलेनन् ?


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेका ४ वटा फिल्म रिलिज भए । एकपछि अर्को फिल्ममा अभिनय गरेर आफ्नो स्टारडम ध्वस्त बनाएको आरोप पनि उनले खेपिरहेका छन् ।

यसपटक भने उनले पहिलेजस्तो दर्शकको गाली खानुपरेन । दयाहाङलाई फ्यानले पहिलेजस्तो नोटिस गर्न छोडिसकेका छन् । किनकि, दयाहाङले अभिनय गरेका फिल्म धेरै भएर दर्शक मोनोटोनस भइसकेका छन् ।

दयाहाङले अभिनय गरेका दुई फिल्म जात्रै जात्राकबड्डी ३ ले व्यावसायिक सफलता हात पारे पनि दुई फिल्म सेन्टीभाइरसआप्पा भने खासै सफल भएनन् । व्यावसायिक हिसाबले दयाहाङ भएका दुई फिल्म हिट भए । अर्को फिल्म सेन्टीभाइरस पनि राम्रै चर्चामा रह्यो । तर आप्पाले न चर्चा कमायो, न लगानी ।

चलचित्र ‘आप्पा’ मा दयाहाङ राई ।

अन्य फिल्मका तुलनामा फिल्म ‘आप्पा’ केही फरक थियो । यद्यपि यो फिल्मले व्यावसायिक सफलता हात पार्न सकेन । फिल्ममा दयाहाङ राई एक पिताको भूमिकामा देखिएका छन् ।

चलचित्र ‘जात्रै जात्रा’ को एक दृश्यमा दयाहाङ राई ।

दयाहाङको अभिनय रहेको फिल्म ‘जात्रै जात्रा’ हिट भयो । फिल्मको तारिफ पनि भयो । तर, यो फिल्मबाट दयाहाङले भन्दा धेरै चर्चा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले पाए । हिट सिक्वेलमा दयाहाङको इन्ट्री भए पनि उनले खासै चर्चा कमाएनन् ।

दयाहाङका रिलिज फिल्ममध्ये सफल फिल्म हो, कबड्डी ३ । यो फिल्मबाट दयाहाङले काजीका चरित्रका रुपमा चर्चा कमाए ।

चलचित्र ‘कबड्डी ३’ मा दयाहाङ राई ।

यसअघि दुई भाग हिट भइसकेका कारण पनि ‘कबड्डी ३’ ले राम्रो चर्चा कमायो । यो फिल्ममा दयाहाङ शीर्ष भूमिकामा थिए ।

वर्षको अन्तिममा रिलिज भएको फिल्म ‘सेन्टीभाइरस’ मा पनि दयाहाङ राईको भूमिका थियो । फिल्ममा उनले पार्टीका इमान्दार कार्यकर्ताको भूमिका निभाएका थिए । यो फिल्म भने व्यावसायिक रुपमा त्यति सफल हुन सकेन ।

चलचित्र ‘सेन्टीभाइरस’ मा दयाहाङ राई ।

यो वर्षलाई हेर्दा दयाहाङले दर्शकलाई कम निराश बनाएका छन् । उनले यस वर्ष राम्रो फिल्म छानेर काम गरेको भन्दै टिप्पणी हुन थालेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ३ : २६ बजे

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

झापा– नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनर्निर्माणलाई

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू

काठमाडौँ– कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका काम प्रभावित

कञ्चनपुर– पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ– बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन