राहत नपाएको भन्दै मजदूर सडकमा « Khabarhub

राहत नपाएको भन्दै मजदूर सडकमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको जलजला गाउँपालिका– ३ वारीबेनीमा लकडाउनका कारण खाद्यान्न सङ्कट भएपछि मजदूर सडकमा ओर्लिएका छन् । आज बेनीमा ज्याला मजदूरी गरी गुजारा चलाउँदै आएका ३० भन्दाबढी मजदूर राहतको माग गर्दै घरबाट बाहिर निस्किएर सडकमा आएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण विगत दुई सातादेखि काम गर्न नपाएको र जम्मा गरेको खाद्यान्न सकिएर भोकभोकै बस्नुपर्ने अवस्था आउन थालेपछि राहतको माग गरेको रामेछाप घर भई बेनीमा ज्याला मजदूरी गरी बस्दै आएका आङदावा शेर्पाले गुनासो गरे ।

काम गरेर जीविकोपार्जन गर्दै कोठा भाडामा लिएर बसेका मजदूरले लकडाउनलाई लक्षित गरी जम्मा गरेको खाद्यान्न सकिएको बताएका छन् । उनीहरुले सरकारले राहत पठाए पनि स्थानीय गाउँपालिका र वडा कार्यालयले राहत वितरण नगरेको दुखेसो पोखेका छन् । वडा कार्यालयलगायतका तीन स्थानमा राहतका लागि नाम टिपाए पनि अहिलेसम्म कतैबाट पनि राहत नपाएको बेनी नगरपालिका–५ पुलाचौर घर भई बेनीमा बस्दै आएका मजदूर कमल परियारले बताए ।

धवलागिरि गाउँपालिका–७ ताकम घर भएर वारीबेनीमा बस्दै आउनुभएका टेकबहादुर घर्तीक्षेत्रीले काम नगर्दा पैसा नभएको र पसलबाट पनि उधारो सामान नदिएपछि आफूहरु समस्यामा परेको बताउनुभयो । राहत नपाएपछि समस्यामा परेका मजदूरहरु आज पर्वत बेनीमा भेला भएका थिए ।

उनीहरुले कोरोनाको सङ्क्रमण फैलन नदिन जारी लकडाउनको नियम पालना गर्दागर्दै पनि पेट भोकै राखेर नियम पालना गर्न नसकिने बताएका थिए । जलजला गाउँपालिका–३ का वडाध्यक्ष देविन्द्र भण्डारीले लकडाउनलाई मध्यनजर गर्दै गरिब, विपन्न र मजदूरको लागत सङ्कलन भइरहेको र आवश्यकता अनुसार व्यवस्थित रुपमा राहत वितरणको तयारी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : २९ बजे

 लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्र गतिमा स्तरोन्नति गरिँदै

रसुवा– गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका राष्ट्रपतिले अर्को भने जारी गरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

कार्यवाहक प्रमुख डंगोलको आग्रह : होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित पढाऊँ

काठमाडौं– राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकाहरूलाई संस्थागत विद्यालयहरूमा