तेह्रथुममा बञ्चराे प्रहार गरी बाबु आमाको हत्या « Khabarhub

तेह्रथुममा बञ्चराे प्रहार गरी बाबु आमाको हत्या


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- तेह्रथुमको फेदाप गाउँपालिका-५ मा एक युवकले आमा बाबुको हत्या गरेका छन् । सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरी आमा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

विहीबार साझ साढे ५ बजे स्थानीय २० बर्षीय कन्चन लिम्बूले आफ्नै बाबु र सौतेनी आमाको बन्चारो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।

उनले बाबु अन्दाजी ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा अन्दाजी ३५ बर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताए ।

बुवा आमाको हत्यापछि फरार भएका लिम्बूलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोलीले  इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ३७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार