साम्राज्ञीले इन्स्टाग्रामका सबै पोस्ट हटाएकी हुन् ? « Khabarhub

साम्राज्ञीले इन्स्टाग्रामका सबै पोस्ट हटाएकी हुन् ?


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका पछिल्ला फिल्मले खासै कमाल गर्न सकेका छैनन् । गतवर्ष रिलिज भएका दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ असफल भए । मेकरले साम्राज्ञीको क्रेज देखेर महंगो पारिश्रमिकमा फिल्ममा अनुबन्ध गरेका थिए । दुवै फिल्म असफल साबित भए ।

विवादमा आउन नचाहने तर विवादमा आइरहने अभिनेत्री पनि हुन् साम्राज्ञी । सामाजिक सञ्जाल इन्स्टाग्राममा गर्ने पोस्टले पनि उनलाई विवादमा ल्याउने गरेको थियो । साम्राज्ञीले भने इन्स्टाग्राममा सबै पोस्ट हटाएकी छिन् । हालै उनले इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् ।

उनले उक्त पोस्टमा फ्यानले कमेन्ट पनि गर्न नमिल्ने बनाएकी छिन् ।

जबकि, उनको इन्स्टाग्राममा एक मात्र पोस्ट देखाएको छ । यसको अर्थ कि त उनले सबै पोस्ट डिलिट गरेकी हुन् । या त डिएक्टिभ गरेर पुनः एक्टिभ गरेका कारण पोस्ट देखाउन समय लागेको हो ।

पछिल्लो समय देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञीले टिकटक चलाउने गरेकी थिइन् । फेसबूकमा पनि उनी सक्रिय छिन् ।

इन्स्टाग्राममा साम्राज्ञीको जम्मा एक पोस्ट देखाएको छ । यसअघि पनि साम्राज्ञीले इन्स्टाग्राम एकाउन्ट डिएक्टिभ गर्ने सोच बेलाबेलामा आउने गरेको बताएकी थिइन् ।

वर्षमा एक मात्र फिल्ममा अभिनय गर्ने बताउने साम्राज्ञीले केही स्किृप्ट रिजेक्ट गरेकी छिन् । उनी राम्रो फिल्मको स्किृप्टको खोजीमा छिन् ।

इन्स्टाग्राममा साम्राज्ञीलाई ५ लाख ७० हजारले पछ्याएका छन् भने उनले १३ सयलाई पछ्याएकी छिन् । लकडाउनका बेला कलाकारहरु सामाजिक सञ्जालमा सक्रिय भएका बेला साम्राज्ञी भने गुपचुप हुन चाहेकी छिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : ४८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा