बालुवाटारमा ओली, प्रचण्डसहितका नेताबीच छलफल « Khabarhub

बालुवाटारमा ओली, प्रचण्डसहितका नेताबीच छलफल


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको बजेट अधिवेश सुरु हुनु अघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु बालुवाटार पुगेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

महासचिव विष्णु पौडेल संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी लगायत बालुवाटार पुगेका पुगेका थिए ।

शुक्रबार(आज) अपराह्न चार बजे संसद बैठक आह्वान गरिएको छ ।

बैठक अघि संसदीय दलको बैठक बस्ने प्रचलन रहेको भएपनि कोरोना भाइरसको महामारीका कारण बैठक बस्ने सहज अवस्था नभएपछि नेताहरु अनौपचारिक छलफलका लागि बालुवाटार पुगेका हुन् ।

कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था रहेको र बैठक बस्ने सम्भावना नभएका कारण अनौपचारिक रुपमा छलफल भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

बालुवाटारमा नेताहरुबीच ९ बजेदेखि ११ बजेसम्म छलफल भएको थियो । प्रधानमन्त्रीसँग नेताहरुले संसद बैठक र बजेटका बारेमा छलफल गरेका थिए ।

नेताहरुसँगको छलफलपछि पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीचपनि छुट्टै छलफल भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : १९ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता