प्रचण्ड-सिता विवाहको ५१ वर्ष, गत वर्ष गरिएको थियो पुनः विवाह « Khabarhub

प्रचण्ड-सिता विवाहको ५१ वर्ष, गत वर्ष गरिएको थियो पुनः विवाह


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिताबीच विवाह भएको ५१ वर्ष भएको छ ।

सामाजिक सञ्जालमा नेकपा नेता कार्यकर्ताले प्रचण्डलाई वैवाहिक वर्षगाठको शुभकामना दिइरहेका छन् ।

प्रचण्ड पूत्री गंगा दाहालले आज आमा बुवाको ५१ वर्षगाठ भन्दै शुभकामना दिएकी छिन् ।

प्रचण्ड र सिताको ५१ वर्ष पहिले विस २०२६ सालमा मागी विवाह भएको थियो। प्रचण्ड र सिता दुवैले १५ वर्षको उमेरमा विवाह गरेका थिए ।

गत वर्ष वर्षगाठको ५० वर्षको अवसर पारेर प्रचण्ड र सिताबीच पुन विवाह कार्यक्रम आयोजना गरिएको थियो । यस वर्ष भने औपचारिक कार्यक्रम गरिएको छैन ।

पुत्र प्रकाश दाहालको निधनपछि सिता दाहाल विक्षिप्त बनेको र स्वास्थ्य स्थितिमा पनि समस्या अएको भन्दै सकारात्मक मानसिक प्रभावका लागि भन्दै पुन विवाह गरिएको बताइएको थियो ।

५० औं वर्षगाठमा प्रचण्ड र सिता दुलाह दुहली झैं सजिएका थिए । तर, शारीरिक रुपमा सीता निकै अशक्त देखिएकी थिइन् । विवाह कार्यक्रममा पञ्चेबाजा बजाइएको थियो ।

प्रचण्ड पत्नी सिता पार्किन्सन रोगबाट पीडित छिन् ।

उपचारका लागि गत चैतमा प्रचण्डले पत्नी सितालाई अमेरिका पनि लगेका थिए ।

सिता केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित छिन् । छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो समस्या थप बढेको छ । अमेरिका जानु अघि प्रचण्डले भने अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।

पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सितालाई लागेको प्रचण्डले जानकारी दिएका थिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ लागेको प्रचण्डले बताएका थिए । अमेरिकामा

उपचार गरेर आएपनि सिताको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेको थिएन ।

पछिल्लो समय उनको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

पार्किन्सन्स रोगबाट पीडित उनको स्वास्थ्यमा सुधार नभएपछि आयुर्वेदिक उपचार पनि थालिएको थियो । उनलाई उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठ लगिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ३८ बजे

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर