आलियासँग हैन, यी व्यक्तिसँग रणवीरको बिहे गराउन चाहन्थे ऋषि कपूर ! « Khabarhub

आलियासँग हैन, यी व्यक्तिसँग रणवीरको बिहे गराउन चाहन्थे ऋषि कपूर !


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रणवीर कपूर यतिबेला आलिया भट्टसँग डेटिङ गरिरहेका छन् । यी दुईका तस्वीर सामाजिक सञ्जालमा चर्चामा रहिरहन्छन् ।
रणवीर र आलियाका पारिवारिक तस्वीर पनि बलिउडमा चर्चाको विषय बन्छन् ।

ऋषि कपूर भने रणवीरको बिहे आलियासँग नगरेर अरु कसैसँग बिहे गराइदिन चाहन्थे ।

सन् २०१८ मा ऋषिले ट्वीटरमा आफ्ना छोरा रणवीर कपूरको तस्वीर शेयर गरेका थिए । उक्त तस्वीरमा आयन मुखर्जी छन् ।

उनले दुईको तस्वीर शेयर गर्दै लेखेका थिए – मिल्ने साथी, के हुन्छ यी दुईले बिहे गरे भने ?

रणवीर कपूर र आयन मुखर्जीले फिल्म वेक अप सिडमा एकसाथ काम गरेका थिए । त्यसपछि उनीहरु पुनः कुनै फिल्ममा देखिएका छैनन् ।

यी दुई सँगै एकसाथ भ्याकेसनमा पनि गएका थिए । रणवीरकी गर्लफ्रेण्ड आलियाले पनि उनीहरुको ग्याङमा सामेल भएकी थिइन् ।

आलिया, आयन र रणवीरले नयाँ वर्षमा एकसाथ भएको तस्वीर शेयर गरेका थिए । आलिया र आयनले ऋषि कपूरलाई क्यान्सर हुँदा पनि सहयोग गरेका थिए ।

यो वर्ष रणवीर र आलियाले बिहे गर्ने चर्चा बलिउडमा छ । तर, यसबारेमा न रणवीरको परिवारले आधिकारिक जानकारी दिएको छ, न त आलियाको परिवारले केही बोलेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ०० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र