दुई तिहाइको सरकारले दुई कौडीको पनि काम गरेन : महतो « Khabarhub

दुई तिहाइको सरकारले दुई कौडीको पनि काम गरेन : महतो


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेतासमेत रहेका सांसद राजेन्द्र महतोले वर्तामान दुई तिहाइको सरकार दुई कौडीको भएको आरोप लगाएका छन् ।

शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनमा नेता महतोले दुई तिहाइको सरकारले जनताका लागि दुई कौडीको पनि काम नगरेको अरोप लगाएका हुन् ।

दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको भएपनि सरकारले जनातकोलागि काम गर्न नसकेको उनको आरोप थियो ।
सरकारको ध्यान अरुको पार्टी फुटाउने तर्फ रहेको उनको भनाइ थियो ।

जनता महामारीबाट पीडित रहेको बेलामा सरकार भ्रष्टाचार र अरुको पार्टी फुटाउन लागेको आरोप लगाए । उनले सरकार आफैं सांसदको अपहरणमा लागेको आरोप लगाए ।

‘जनता महामारीबाट मरिरहेको छ। पीडित छ। खान पाएको छैन। उपचार पाएको छैन। स्वास्थ्य सामाग्री पाएको छैन। यहाँ त अर्कै धन्दा भैराखेको छ’ उनले भने,’ सरकार अर्को धन्दामा पो लागेको रहेछ। पार्टी फोड्ने ? सांसद जोड्ने धन्दामा जनताको पीडा कम हुन्छ ? अपहरण गर्ने ? सांसद अपहरण गर्ने ? के हो यो ?’

उनले कोरोना भाइरसबाट जनता त्रसित भएको भन्दै परीक्षणको दायरालाई बढाउन माग गरे । परीक्षण कम भएका कारण संक्रमितको संख्या कम भएको भएपनि सरकारी पक्षले जम्मा १०१ जना त हो नि भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिएको उनको आरोप थियो ।
कछुवागतिमा भइरहेको परीक्षण बढाउनुपर्ने उनले बताए ।

‘एकै परिवारका १७ जनालाई देखिएको छ’, महतोले भने, ‘दलका नेताले भन्दियो १०१ न हो संक्रमित। कति गर्‍यो जाँच ? विदेशबाट आएका जतिको जाँच गर्‍यो ? छैन। एउटा परिवारबाट १७ निस्कन्छ। कछुवाको गतिमा कोरोना टेस्ट गर्ने अनि छैन भनेर पीठ थपथपाउने। यो धन्दा ठिक भएन। व्यापक परीक्षण गराउनुपर्छ’ उनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ४१ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता