अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्ति खतरनाक - पावेल | Khabarhub Khabarhub

अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्ति खतरनाक – पावेल


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलले अमेरिकी लोकतन्त्रका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको बताएका छन् ।

सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावेलले ट्रम्प झूट बोलेर फुत्किरहेको र उनलाई मानिसहरूले जवाफदेही बनाउनसमेत छाडिसकेको बताएका छन् । यसले लोकतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी छ ।

अवकाशप्राप्त अमेरिकी सैनिक प्रमुखसमेत रहेका पावेलले ट्रम्पलाई इंकित गर्दै भने, ‘उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन्। किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन्।’

मध्यमार्गी रिपब्लिकनका रुपमा समेत चिनिने पावेलले ट्रम्पका अभिव्यक्तिहरू अमेरिकी लोकतन्त्रका लागि खतरनाक भएको बताउँदै भने, ‘यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ, मेरो मत जो बाइडनलाई हुनेछ।’

जातीयताविरोधी प्रदर्शनप्रति ट्रम्पले खेलेको भूमिका ‘संविधानदेखि टाढिएको’ अर्थमा बुझिएको उनले बताए । ‘हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ। तर राष्ट्रपति संविधानदेखि टाढिएका छन्,’ उनले भने ।

प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए। ट्रम्पले भने ट्वीट गर्दै पावललाई ‘आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति’ भनेका छन्।

प्रहरी नियन्त्रणका क्रममा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा प्रदर्शन भइरहँदा पावेलले पनि राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ३५ बजे

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का

जेनजी प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

गण्डकी – जेनजी प्रदर्शनपछि पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा