आजै बजेट पारित गर्ने तयारी, बजेटमा सम्बन्धित मन्त्रीले जवाफ दिदै « Khabarhub

आजै बजेट पारित गर्ने तयारी, बजेटमा सम्बन्धित मन्त्रीले जवाफ दिदै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  संघीय संसदको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।

प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।

बैठकमा सांसदहरुले पेश गरेको २४ भन्दाबढी खर्च कटौतीका प्रस्तावहरु पनि निर्णयार्थ पेश गर्ने कार्यसूची छ ।

मन्त्रीको जवाफ र खर्च कटौतीका प्रस्ताव निर्णयार्थ पेश भएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने छन् ।

यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस हुने कार्यसूची तय भएको छ ।

मन्त्रीहरूले जवाफ दिएपछि आजै विनियोजन विधेयक अर्थात बजेट पारित गर्ने कार्यसूची छ । बजेट पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै खर्च गर्न सरकारलाई बाटो खुला हुनेछ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ८ : ५१ बजे

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र