नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो « Khabarhub

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सोमबार थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये २ सय ९४ पुरुष र २० जना महिला रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । उनीहरु मध्ये झापा गौरीगञ्ज गाउँपालिकाका ६ जना १८ देखि ४१ वर्षका पुरुषहरु, सुनसरीको कोशी गाउँपालिकाका १ जना १९ वर्षका पुरुष, मोरङका ९ जना १२ देखि ३६ वर्षका पुरुष तथा महिला रहेका छन् ।

यस्तै कोशी अस्पतालको प्रयोगशालमा झापाका १८ देखि ३१ वर्ष सम्मका ३ जना पुरुषहरु, पाँचथरका १ जना २३ वर्षका पुरुष, सप्तरी राजविराजका ६ जना १४ देखि ३४ वर्ष सम्मका एक महिला र अन्य पुरुष रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ । उनीहरु १६ देखि २५ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ आएको छ । उनीहरु एकजना स्याङ्जाको क्वारेन्टाइनमा रहेका ६० वर्षका पुरुष र कास्कीको पोखरामा रहेका ४२ वर्षका पुरुष रहेका छन्।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साको क्वारेन्टाइमा रहेका ८ जना, बाराका ७ जना, एक बालिकासहित २ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । यस्तै रौतहटका जना ४ पुरुषहरु रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा दाङका ४ मा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिकाका एक जना पुरुष, बर्दियाका १८ जना रहेका छन् ।

यस्तै सुर्खेत अस्पताल तथा पशुपन्छी रोग अन्वेशण प्रयोगशालामा गरिएको परीक्षणमा दैलखका १० जना पुरुषहरु, सल्यानका ५ जना र सुर्खेतका एक जना रहेका छन्।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु अर्घाखाँचीका ३१ जना रहेका छन् । यस्तै गुल्मी घर भएका हाल लुम्बिनी मेडिकल कलेजमा रहेका ३२ वर्षकी महिला, कपिलवस्तुका १७ जना, नवलपरासीका २ जना र पाल्पा घर भई लुम्बिनी मेडिकल कलेजमा रहेका एक जना पुरुष, प्युठान घर भएका लुम्बिनीमा रहेका ८ जना रहेका छन् । यस्तै रुपन्देहीका ५ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना पुरुष, महोत्तरीको क्वारेन्टाइनमा रहेका १२ जना पुरुष, रौतहटका ७ जना सर्लाहीका १ सय ६ जना रहेका छन् ।

योसँगै कोरोना संक्रमितको संख्या नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ । जसमध्ये ४८८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १४ जनको ज्यान गएको छ ।

ज्यान गुमाउनेको संख्या १४ पुग्यो

नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

स्याङ्जाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिक अस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ४ : २६ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ