लक्ष्मी हुण्डाईद्वारा ‘क्लिक टु बुक’ सेवाको सुरुवात « Khabarhub

लक्ष्मी हुण्डाईद्वारा ‘क्लिक टु बुक’ सेवाको सुरुवात


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘क्लिक टु बुक’ सेवा सुरु गरेको छ।

यसअन्तर्गत् ग्राहकले अनलाइनबाटै आफूलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्नेछन्।

लक्ष्मी हुण्डाईले कोरोना भाइरसबाट सुरक्षित हुन सामाजिक दूरी कायम राख्दै लक्ष्मी हुण्डाई डटकमबाट उक्त सेवाको सुरुवात गरेको हो। यसभित्र गाडीको विभिन्न विशेषता, मूल्य, छुटलगायत जानकारी समावेश गरिएको छ।

ग्राहकले ‘क्लिक टु बुक’ मार्फत् आफूलाई चाहिएको गाडी छनोट गरेपश्चात बिक्री परामर्शका लागि दर्ता प्रक्रिया सेट–अप गरिनेछ। त्यसपछि ग्राहकलाई तोकिएको बिक्री परामर्शदाताले सम्पर्क गर्नेछन्।

ग्राहकले टेस्ट ड्राइभ र सवारी साधनको एक्सचेन्जका लागि पनि अनलाइनबाट अनुरोध गर्न सक्नेछन्।

अनलाइनबाटै फाइनान्सको प्रक्रिया पनि सुरु गर्न सकिनेछ। अनलाइन भुक्तानी गरी गाडी बुक गर्न पनि सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  २ : ४० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६