अमेरिकाले सुरू गर्‍यो डब्ल्युएचओबाट बाहिरिने प्रकिया « Khabarhub

अमेरिकाले सुरू गर्‍यो डब्ल्युएचओबाट बाहिरिने प्रकिया


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महामारी नियन्त्रणमा राम्रो काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोपसहित विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सँग सबैखाले सम्बन्ध तोडेको अमेरिकाले डब्ल्युएचओबाट बाहिरिने औपचारिक प्रक्रिया शुरु गरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई औपचारिक पत्र पठाउँदै डब्ल्युएचओबाट बाहिरिने औपचारिक प्रकिया सुरू गरेका हुन् ।

यो प्रक्रिया पूरा गर्न भने अब कम्तिमा १ बर्ष लाग्ने बीबीसीले जनाएको छ । कोरोना संक्रमणको महामारी शुरु भएसंगै डब्ल्युएचओ चीनको नियन्त्रणमा आएको आरोप लगाउदै गत मेमै ट्रम्पले डब्लुएचओ छोड्ने घोषणा गरेका थिए ।

युरोपेली युनियन ईयू लगायतले नछोड्न गरेको आग्रह अस्वीकार गर्दै ट्रम्पले राष्ट्रसंघीय नियोग छोडी त्यसलाई प्रदान गर्दै आएको सहयोग रकम अन्यत्रै खर्च गर्ने निर्णय गरेका थिए ।

अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दातृ मुलुक हो । उसले वार्षिक ४० करोड डलर रकम सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ५९ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द