कोरोना महामारी पछिको पहिलो प्रतियोगितामा इङ्ग्ल्यान्ड र वेष्ट इन्डिज भिड्दै « Khabarhub

कोरोना महामारी पछिको पहिलो प्रतियोगितामा इङ्ग्ल्यान्ड र वेष्ट इन्डिज भिड्दै


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारी पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पहिलो अफिसियल प्रतियोगिताका रुपमा टेस्ट क्रिकेट सुरु हुँदैछ ।

कोरोना महामारीकै बीच बुधबार (आज) दिउँसो ३:४५ मा सुरु हुने इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजबीचको खेल सँगै क्रिकेट मैदान फर्किनेछ ।

मार्चदेखि अवरुद्ध क्रिकेट लगायत खेल गतिविधि शुरु भइरहँदा खेलाडीदेखि क्रिकेट प्रेमीहरु उत्साहित रहेका छन् । इङ्ग्ल्यान्ड र इन्डिजले तीन टेस्ट खेल्नेछन् । जुन साउथह्यामटनस्थित अगास बोल रंगशालामा हुनेछ ।

कोरोना पछिको पहिलो प्रतियोगिताका लागि इङ्ग्ल्यान्ड टोलीको नेतृत्व वेन स्टोक्सले गरिरहेका छन् भने इन्डिजको टोलीको नेतृत्व जसन होल्डरले गर्नेछन् ।

कप्तान स्टोक्सले सबैले यो क्रिकेट प्रतियोगिताका लागि उत्साहित रहेको बताएका छन् । ‘मलाई थाहा छ सबै जना यो प्रतियोगिताका लागि पर्खिरहेका छन् । सयौं हजारौं मान्छेहरुले हामीले राम्रो गरुन भन्ने चहाएका छन् । त्यो जिम्मेवारी हामीले पनि बोध गरेका छौं,’ कप्तान स्टोक्सले भने ।

दर्शक मैदान उपस्थित नहुने टेस्टमा खेलाडीहरुका लागि भने नयाँ प्रयोग हुनेछ । कोरोना महामारीका कारण दर्शकलाई मैदान उपस्थिती दिइएको छैन ।

इङ्ग्ल्यान्डका खेलाडी साउथह्यामटनमा होटलमै बसेर अभ्यास गरेका हुन् भने इन्डिजको टोली वल्ड ट्राफोर्डमा आइसोलेसनमै बसेको थियो । आइसोलेसनमा रहेपनि उसले दुई अभ्यास खेल भने खेलेको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : २९ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण