ट्रोलको शिकार भएपछि करण जोहर पूर्ण रुपमा टुटे « Khabarhub

ट्रोलको शिकार भएपछि करण जोहर पूर्ण रुपमा टुटे


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस चर्किरहेको छ । बलिउडका कैयन् चर्चित सेलिब्रेटी र स्टार किडलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ ।

निर्माता तथा निर्देशक करण जोहर पनि ट्रोलको शिकार भइरहेका छन् । बलिउड सेलिब्रेटी सलमान खान, आलिया भट, सोनाक्षी सिन्हा लगायतलाई पनि सुशान्तका फ्यानले निरन्तर गाली गरिरहेका छन् ।

तारन्तार गालीको वर्षा भएपछि बलिउड निर्माता करण जोहर पीडामा परेका छन् । भारतीय मिडियाले उनका नजिकका साथीको हवाला दिँदै करण जोहर पूर्ण रुपमा टुटिसकेको लेखेका छन् ।

सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङले करणलाई खराब अनुभव तुल्याएको भारतीय मिडियाले लेखेका छन् । उनका साथीले भनेका छन् – जतिबेला मैले फोन गर्छु, उनी रुँदै भन्छन्, मैले त्यस्तो के गरेको थिएँ र मैसँग यस्तो भइरहेको छ?

करण आफ्ना कारणले मात्र नभएर आफूसँग जोडिएका साथीहरुलाई सामाजिक सञ्जालमा हमला गरेका कारण पनि चिन्तित छन् । साथै करणलाई धम्की पनि आइरहेको ती साथीले खुलासा गरेका छन् ।

पछिल्लो समय नेपोटिज्ममाथि बहसमा विवादमा मुछिएका करणले मुम्बई एकेडेमी अफ मुभिङ इमेजको निर्देशक पदबाट राजीनामा दिएका थिए ।

करणले पछिल्लो समय ट्वीटरमा पनि ८ सेलिब्रेटीलाई बाहेक सबैलाई अनफलो गरेका छन् । साथै इन्स्टाग्राममा पनि कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १२ : २० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र