स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ « Khabarhub

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताएका छन् ।

मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले एकतर्फीरूपमा सिन्धुपाल्चोकका जनप्रतिनिधि, स्थानीय तह र सरोकारवाला निकायलाई कुनै जानकारी नदिई पानी पथान्तरण शुरुआत गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि, सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा यही असार २१ गते पानी परीक्षण शुरु गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन् ।

स्थानीयवासीको मागलाई सम्बोधन र वातावारणीय प्रभावको मूल्याङकन गरी सिन्धुपाल्चोकको विकास निर्माणकार्यमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा त्यसो नभएकामा खानेपानी मन्त्रालयले गरेको कामप्रति स्थानीयवासी आक्रोशित बनेका हुन् ।

सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताए ।

सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण गर्‍यो, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उनको भनाइ छ ।

प्रभावित क्षेत्रका स्थानीयवासीको हकमा के हुन्छ ? भन्ने प्रश्नमा सांसद तामाङले रोयल्टी निर्धारण गरेर विकास निर्माणका काममा सहयोग गर्नुपर्ने र मेलम्चीको पानी काठमाडौँ लगेर काठमाडौँवासीको काकाकुल स्थितिलाई केही हल गर्नका लागि यति ठूलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभावित क्षेत्रका बस्तीमा पनि सफा पिउने पानी उपलब्ध गराउनु राज्यको दायित्व रहेको स्मरण गराउँदै तामाङले अब जिल्लावासी फाइल बोकेर विभिन्न कार्यालय धाउनुभन्दा पनि सम्बन्धित निकाय आफैँ जनताको आवश्यकता बुझ्न लाग्नुपर्ने बताए ।

उनले खानेपानी मन्त्रालयलगायत सम्बन्धित पक्षलाई बेलैमा ढङ्ग पुर्‍याएर मात्र चल्न आग्रह गरे । तामाङले यही असार २६ गते प्रभावित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यही निर्णयअनुसार अगाडि बढ्नेसमेत जानकारी गराए । पानी परीक्षण गर्दा सिन्धुवासीलाई छल्न खाजेको भन्दै उनले सिन्धुवासीलाई यस क्षेत्रको विकास निर्माणलगायत रोयल्टी निर्धारण गरेर मात्र पानी जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गरेका हुन ।

खानेपानीमन्त्रीले सामाजिक, राजनीतिक र विभिन्न अवरोधका बाबजुद पानी परीक्षण गरियो भनेको भनाइप्रति असन्तुष्टि जनाउँदै उनले भने,‘विभिन्न समस्या देखाएर समाधान गर भन्न पनि नमिल्ने हो र ?’

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १२ : २९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच