काठमाडौं उपत्यकामा थपिए २३ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २३ कोरोना संक्रमित 


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा २३ जना संक्रमित थपिएका हुन् । जसमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ  ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि पाँच जिल्ला कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ३३ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा