अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोना संक्रमित « Khabarhub

अमेरिकामा एकैदिन थपिए ६० हजार कोरोना संक्रमित


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा पछिल्लो २४ घण्टामा ६० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो सङ्ख्या एकैदिन सङ्क्रमण पुष्टि भएकोमध्ये अहिलेसम्मकै धेरै हो ।

यसअघि अमेरिकामा २ जुलाईमा एकैदिन सबैभन्दा धेरै ५५ हजार दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कोरोना महामारीलाई लिएर अमेरिका राम्रो स्थितिमा रहेको बताएका थिए ।

तर अमेरिकाका महामारी रोग विशेषज्ञ र कोरोना मामिलाका सल्लाहकार डाक्टर एन्थनी फाउचीले अमेरिका अझै पनि कोरोना सङ्क्रमणको स्थिति गम्भीर हुने बताएका थिए ।

कोरोना भाइरसबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो ।हालसम्म ३० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : २२ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द