कांग्रेस नेतृ राणा (देउवा)द्वारा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

कांग्रेस नेतृ राणा (देउवा)द्वारा स्वास्थ्य सामग्री प्रदान


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।

नेपाली कांग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा नेतृ देउवाद्वारा पठाइएको ती स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले बुधबार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सीसीएमसी)लाई हस्तान्तरण गरिएको छ ।

सीसीएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा २० थान पीपीई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार वटा नर्मल मास्क र ४० थान एन ९५ माक्स रहेको छ । ती स्वास्थ्य सामग्री झण्डै रु दुई लाखबराबरको रहेको बताइएको छ ।

सामग्री हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले महामारी र विपत्ती सबैको साझा समस्या भएकाले यसबाट बच्न सबै एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले कोरोना विरुद्धको अभियानमा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएकामा नेतृ देउवाप्रति आभार व्यक्त गरे ।

स्वास्थ्य सामग्री बागलुङ र म्याग्दी जिल्लामा पनि र वितरण गरिएकोे गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : १० बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र