कांग्रेस नेतृ राणा (देउवा)द्वारा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

कांग्रेस नेतृ राणा (देउवा)द्वारा स्वास्थ्य सामग्री प्रदान


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।

नेपाली कांग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा नेतृ देउवाद्वारा पठाइएको ती स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले बुधबार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सीसीएमसी)लाई हस्तान्तरण गरिएको छ ।

सीसीएमसीको तर्फबाट पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा २० थान पीपीई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार वटा नर्मल मास्क र ४० थान एन ९५ माक्स रहेको छ । ती स्वास्थ्य सामग्री झण्डै रु दुई लाखबराबरको रहेको बताइएको छ ।

सामग्री हस्तान्तरणपछि कोषाध्यक्ष गुरुङले महामारी र विपत्ती सबैको साझा समस्या भएकाले यसबाट बच्न सबै एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उच्चै ठकुरीले कोरोना विरुद्धको अभियानमा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुभएकामा नेतृ देउवाप्रति आभार व्यक्त गरे ।

स्वास्थ्य सामग्री बागलुङ र म्याग्दी जिल्लामा पनि र वितरण गरिएकोे गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना