विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै मृत्यु « Khabarhub

विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै मृत्यु


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखमा विद्यालय व्यवस्थापन समितिको बैठकमा बोल्दाबोल्दै समितिका एक सदस्यको मृत्यु भएको छ ।

भैरबी गाउँपालिका–३ स्थित जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका सदस्य औंसे कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शिक्षकहरुको तलब, विद्यालयको शैक्षिक प्रशासनलगायत विषयमा छलफल भइरहेको वेला उनी एक्कासि ढलेका थिए ।

उनी बोल्दै गर्दा देब्रे साइडमा अकस्मात् ढलेपछि उनलाई अस्पताल पुर्याउँदा अस्पतलले उनलाई मृत घोषित गरेको हो ।

६१ वर्षीय कामी जनसेवा प्रावि भुवाटाकुराका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ५३ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र