बागलुङमा एकै दिन ४२ जनाले जिते कोरोना संक्रमण « Khabarhub

बागलुङमा एकै दिन ४२ जनाले जिते कोरोना संक्रमण


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा एकै दिन ४२ जनाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुई वटा प्रि–आइसोलेसनमा बसेका ३५ गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केिएका हुन्।

उनीहरु सबैको दोस्रो पटकको स्वाबको  पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए।

डिस्चार्ज भएका सबैलाई १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनिएको छ।

बुर्तिवाङबाट डिस्चार्ज हुनेमा ७ महिला छन्। यस्तै बडिगाड गाउँपालिकाका १५, ढोरपाटन नगरपालिकाका १७, निसीखोलाका २ र तमानखोलाका १ पुरुष छन्। धौलागिरी अस्पतालबाट डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ७ जना छन्।

जिल्लामा बुधबारसम्म संक्रमित संख्या २ सय ११ पुगेको छ। जसमध्ये १ सय ५७ संक्रमित निको भइसकेका छन्। अब ५४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : ४८ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र