आज १० अन्तर्राष्ट्रिय उडान, ९६५ नेपाली स्वदेश फर्किए  « Khabarhub

आज १० अन्तर्राष्ट्रिय उडान, ९६५ नेपाली स्वदेश फर्किए 


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौँ आएका छन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ ।

सोही एयरलाइन्सले दोहाबाट १४८ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स आज राति दोहा र क्वालालम्पुर उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५४ र क्वालालम्पुरबाट १५१ यात्रुलाई नेपाल ल्याएको छ । आजै कतार एयरवेजले दोहाबाट १७७ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ यात्रुलाई नेपाल ल्याएको छ । उक्त एयरलाइन्स दमाम र कुवेतमा चार्टर्ड उडान गर्ने तालिका छ ।

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ । त्यस्तै नेपाल एयरलाइन्सले क्वालालाम्पुर, रियाद, दोहा र दुबईबाट यात्रु ल्याउने छ ।

विभिन्न मुलुकबाट नेपालीको उद्धार उडानका लागि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले चार्टर्ड उडान गरिरहेका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ हेलिकोप्टरसहित कूल १३ उडान भएका छन् । तारा एयर र समिट एयरले लुक्ला चार्टर्ड उडान गरेका छन् भने यति एयरको जहाजले जनकपुरमा उडान गरेको छ ।

समिटकै दुई जहाजले सिमिकोटमा उडान गरेको छ । सिम्रिकको हेली जुम्ला गएको छ । मनाङ एयरको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङबोचे उडेको थियो । एयर डाइनेस्टीको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङ्जा गएको थियो । सोही कम्पनीको हेलिकोप्टरले पाँच यात्रु बोकेर सोलुखुम्बु गएको छ ।

सिम्रिकले सङ्खुवासभा र गोरखा मनाङ एयरको हेलीकोप्टरले उडान गरेको छ । मनाङ एयरको हेलिकोप्टरले तेह्रथुम र कैलाश एयरले मुस्ताङबाट चार्टर्ड उडान गरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : २२ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो