हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध « Khabarhub

हङकङकी प्रमुख कार्यकारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले लगायो प्रतिबन्ध


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हङकङमा चीनले नयाँ सुरक्षा कानून लगाएसँगै अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित १० उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

अमेरिका अहिले पनि हङकङका नागरिकको स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै अमेरिकी राज्यकोष मन्त्री स्टिभन मेनुचनले लामसहित १० चिनियाँ उच्च अधिकारीलाई प्रतिबन्धको घोषणा गरेको बीबीसीले जनाएको छ । अमेरिकाको प्रतिबन्धमा लामसँगै हङकङका प्रहरी कमिशनर तथा राजनीतिक अधिकारीहरु छन्।

अमेरिकाले लाममाथि स्वतन्त्रता र  प्राजातान्त्रिक अभ्यास सीमित बनाउने चीनको नीति लागू गरेको आरोप लगाएको छ।

कोरोना भाइरसको महामारी, चीनले उइगर समुदायमाथि गरेको दमन लगायतका विषयलाई लिएर पछिल्लो समय अमेरिका चीनविरूद्ध आक्रामक बन्दै गएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ८ : ३९ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को