हवाई उडान मापदण्ड तयार, यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम | Khabarhub Khabarhub

हवाई उडान मापदण्ड तयार, यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीकाबीच भदौ १ गतेदेखि नियमितरूपमा सञ्चालन हुँन लागेको हवाई उडानका लागि सरकारले आवश्यक मापदण्ड तयार पारेको छ ।

चैत ११ देखि ठप्प रहेको नियमित हवाई उडान भदौ १ गतेदेखि  सञ्चालनमा ल्याउँने सरकारले निर्णय गरेसँग पर्यटन मन्त्रालयले यात्रु र जहाज सञ्चालकले पालाना गर्नुपर्ने सर्तसहितको मापदण्ड तयार पारेको हो ।

‘सीमित नियमित हवाई सम्बन्धि मापदण्ड-२०७७’ तयार पारेको पर्यटन मन्त्रालयले त्यसबारे परराष्ट्र, गृह र स्वास्थ्य मन्त्रालयका मन्त्री, सचिव तथा विभागीय प्रमुखहरुसँग छलफलसमेत गरेको छ ।

 यस्ता छन् नयाँ नियम

मापदण्डमा यात्रु विमानस्थलमा प्रवेश गर्नुपूर्व र विमानमा यात्रु चढाउनुअघि अनिवार्य तापक्रम मापन गर्नुपर्नेछ ।

सबै यात्रुले हवाई यात्राभर मास्क र फेस शिल्ड अनिवार्य लगाउनु पर्ने, विमान चढ्नुअघि र चढिसकेपछि पनि समय समयमा सबै यात्रुलाई हेन्ड सेनिटाइजर प्रयोग गराउने, सामाजिक दूरी कायम गरी यात्रु चेकइन र यात्रु चढाउने र उतार्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

तोकिए बमोजिम सम्पूर्ण प्रक्रिया पुगेको निश्चित गरेर मात्रै वायुसेवाले बोर्डिङ पास जारी गर्नुपर्ने उल्लेख छ ।

कुनै एयरलाइन्सले कारणवश नै शर्त पूरा नगरे पनि कारबारही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा सहभागी हुने कुनै पनि यात्रुको तापक्रम जाँच गर्दा असामान्य देखिएमा निजलाई तत्कालै आइसोलेसनमा पठाइ निर्धारित प्रक्रिया अवलम्बन गरिने उल्लेख छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडान कम्पनी र विमानस्थलको मापदण्ड भने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरे बमोजिम हुने जनाइएको छ ।

तर, देशमा कोभिड १९ को संक्रमणको अवस्था बढ्दै गएमा सीसीएमसीको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पूर्वसूचना दिएर वा नदिएरै पनि जुनसुकै बेला सीमित व्यवसायिक उडान स्थगित हुन सक्ने जनाइएको छ ।

विदेशबाट आउनेहरूलाई कडाइ

पर्यटन मन्त्रालयले तयार पारेको मापदण्डमा नेपाल आउन चाहने नेपालीले पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

आफू रहेको मुलुकको मान्यताप्राप्त ल्यावोरेटरी/स्वास्थ्य संस्थाबाट स्वास्थ्य चेकजाँचको नेपाली/अंग्रेजी भाषामा भएको वा अनुवाद गरेको प्रतिवेदन साथमा लिइ आउनु पर्ने मापदण्डमा उल्लेख छ ।

जसमा सम्बन्धित यात्रुको नाम, लिंग, उमेर र सम्भव भएसम्म पासपोर्ट नम्बर, यात्रा गर्ने समयसम्म भन्दा बढीमा ७२ घण्टाभित्र आरटी पीसीआर परीक्षणको नतिजा नेगेटिभ रहेको र परीक्षण भएको ल्यावोरेटोरी/हेल्थ इन्स्टिच्युसनको नाम, ठेगाना र स्वास्थ्य परीक्षण गर्ने प्राविधिक कर्मचारीको स्पष्ट विवरण खुलेको हुनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाल आउनु पूर्व सम्भव भएसम्म अडान गर्नु अघि नै ccmc.gov.np वेबसाइटमा रहेको फारम अनलाइन भरेको हुनुपर्ने ।

कुनै कारणवश यात्रा गर्नुअघि अनलाइन विवरण भर्न नसकेको अवस्थामा विमानमा वा विमानस्थलमा रहेको हेल्थ डिक्लियरेसन फारम भरी बुझाउनु पर्ने उल्लेख छ ।

नेपाल आएसकेपछि शुरुको ७ दिन होटल क्वारेन्टिनमा र १४ दिन होम क्वारेन्टिमा बस्नुपर्नेछ र होटल क्वारेन्टिमा बस्ना पीसीआरमा नतिजा नेगेटिभ आएपछि मात्रै होम क्वारेन्टिमा जान पाइने पनि मापदण्डमा उल्लेख छ । होटलमा बस्ने खर्च यात्रु आफूले बेहोर्नु पर्नेछ ।

त्यसैगरी होम क्वारेन्टिमा बस्नुपूर्व र क्वारेन्टिन अवधि सकिएपछि विवरण अनिवार्यरुपमा स्थानीय तह/एसीसीएमसीलाई जानकारी गराउनु पर्नेछ ।

त्यसैगरी यात्रा शुरु हुने मुलुकमा आरटी पीसीआर टेस्ट उपलब्ध नभएको खण्डमा उक्त मुलुकसँग प्रमाणीकरण/सह-प्रमाणिकरण भएको नेपाली नियोगको सिफारिस आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । यात्रुहरुले कम्तीमा ७ दिनका लागि होटल बुक गरेको प्रमाण यकिन गरेर मात्र सम्बन्धित वायुसेवाले बोर्डिङ पास जारी गर्नुपर्नेछ ।

प्रक्रिया पूरा गरी नेपाल प्रवेश गरेका यात्रुहरुको राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कले संकलन गरी अध्यागमन विभागमा बुझाउनु पर्नेछ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ४३ बजे

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि

साउनको पहिलो सोमबार पशुपतिनाथ पुगे मन्त्री पाण्डे

काठमाडौं– साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

दुधौलीमा एक युवकको शव भेटियो

सिन्धुली– दुधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ

तुइन चुँडिएर महाकालीमै बिलायो नारायणको सपना

दार्चुला– व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको

बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना

काठमाडौं– बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर भएको दुर्घटनामा एक