समुदायमा सङ्क्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा « Khabarhub

समुदायमा सङ्क्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- कोरोना भाइरस सङ्क्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार साँझ बसेको बैठकको निर्णयानुसार जिल्लाको मुख्यमुख्य बजार क्षेत्र, बाहिरी जिल्लासँग सीमा जोडिएका नाका क्षेत्र, सडक मार्गको पहुँच भएको स्थानमा आज मध्यराती १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

स्थानीय प्रशासन ऐन र सङ्क्रामक रोग ऐनअनुसार जारी गरिएको निषेधाज्ञा नुवाकोटको विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र तोकिएको छ । यसैगरी बेलकोटगढी नगरपालिकाको वडा नं ५, ७, ८, १०, ११, १२ र १३ वडाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ को सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाकाको वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा आज रातको १२ बजदेखि निषेधाज्ञा लगाइएको केन्द्रका संयोजक एवं नुवाकोटका प्रजिअ ढकालले जानकारी दिए ।

निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य काम गर्नेलगायतका अतिआवश्यक कामका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक अरु सवारीसाधन चल्नलाई रोक लगाइएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसलबाहेकका अन्य पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न नपाउने भनिएको छ । खाद्यान्न पसलसमेत बिहान ६ बजेदेखि १० बजेसम्म दैनिक चार घण्टा मात्र खोल्न दिने निर्णय गरिएको छ । निषेधाज्ञा क्षेत्रमा स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रवाहका कार्यालय खुल्न पाउनेछन् भने बैंक, वित्तीय संस्था, सहकारी संस्थासहित सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयको सेवासमेत १० दिनका लागि बन्द गर्न भनिएको छ ।

धार्मिक, सांस्कृतिक, सामाजिकलगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापमा पनि रोक लगाइएको छ । जिल्ला भित्रने सबै नाकाबाट अतिआवश्यक सेवाका सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनबाहेक अन्य सवारीसाधन र पैदलयात्रुलाई समेत आवातजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

कोरोना भाइरसबाट जिल्लामा हालसम्म ५४ जना सङ्क्रमित देखिएका छन् भने सङ्क्रमण समुदायस्तरमै सरेको पुष्टि भएसँगै सङ्कट व्यवस्थापन केन्द्रले रोग नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । विदुर नपा–९ का एक महिलालाई कोरोना रोगको सङ्क्रमण देखिएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेका थप चार जनामा शुक्रबार कोरोना रोगको सङ्क्रमण पुष्टि भएसँगै निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  २ : २१ बजे

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा