आजका समाचार : बालेनको भारत भ्रमणप्रति गगन असन्तुष्ट, चर्चामा बालेनको पोस्ट, आनीविरुद्ध सर्वोच्चमा रिट, रोमानियामा नेपाली आन्दोलित र वैभवको कीर्तिमान « Khabarhub

आजका समाचार : बालेनको भारत भ्रमणप्रति गगन असन्तुष्ट, चर्चामा बालेनको पोस्ट, आनीविरुद्ध सर्वोच्चमा रिट, रोमानियामा नेपाली आन्दोलित र वैभवको कीर्तिमान


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनकोशी–मरिण ठेक्का रद्द प्रकरण : सार्वजनिक लेखा समितिले माग्यो ७ दिनभित्र कागजात

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले आवश्यक कागजात माग गरेको छ ।

समितिले ठेक्का रद्द गर्ने निर्णयसँग सम्बन्धित सम्पूर्ण कागजात ७ दिनभित्र उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विभागलाई निर्देशन दिएको हो ।

मङ्गलबार बसेको समितिको बैठकमा आयोजनाको ठेक्का रद्द गरिएको विषयमा विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल भएको थियो । छलफलपछि समितिका सभापति भरतबहादुर खड्काले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु,’ सभापति खड्काले भने । कागजात प्राप्त भएपछि समितिले अध्ययन गरी थप छलफल अघि बढाउने उनले बताए ।

महानिर्देशक रजौरियाको दाबी- सुनकोशी–मरिणको ठेक्का रद्द गर्नु कानुनसम्मत

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

चलचित्र विधेयकमा १२२ संशोधन प्रस्ताव, सेन्सरको व्यवस्था पुनरावलोकन गर्न जोड

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मतिले पारित

अनुपजङ्ग थापालाई दर्ज्यानी चिन्ह प्रदान

आनी छोइङको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेन(जी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले नियुक्ति कानुनसम्मत नभएको दाबीसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

नियुक्ति प्रक्रियामा कानुनी विधि र प्रक्रिया पालना नभएको तथा आनि छोइङ डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विवादमा रहेको भन्दै रिट निवेदकहरूले नियुक्तिको वैधतामाथि प्रश्न उठाएका छन् ।

तर, विवादकै बीच उनले लुम्बिनी विकास कोषमा उपस्थित भएर उपाध्यक्षको कार्यभार सम्हालिसकेकी छन् ।

फोटो पोस्ट गर्दै प्रधानमन्त्री बालेन लेख्छन्– देश उभो लाउने टोली

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा सहकार्य आवश्यक : मन्त्री चौधरी

नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा उद्योगमन्त्री साहको जोड

नेपालमा कतारी लगानी भित्र्याउन सभामुख अर्यालको आग्रह

कोप–३१ मा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी दिन सभामुखकोमा पुगिन मन्त्री चौधरी

कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट, के-के भए कुराकानी ?

गगनको टिप्पणी-प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरेका छन् ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको भारत भ्रमणबारे तत्काल निष्कर्ष सुनाउने पक्षमा आफूहरू नरहेको बताए । यद्यपि भ्रमणका क्रममा दीर्घकालीन प्रभाव पार्ने महत्त्वपूर्ण काम भएको आफूले नदेखेको उनको भनाइ थियो ।

‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ उनले भने ।

थापाले भ्रमणका क्रममा भएका छलफल र त्यसबाट प्राप्त उपलब्धिबारे प्रधानमन्त्री शाहले नै जानकारी गराउनुपर्ने बताए ।

गगनको चेतावनी- कांग्रेसबाट चुनाव लडेको व्यक्ति अर्को पार्टीमा लाग्छ भने कारबाही हुन्छ

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ : गगन थापा

सभापति भएपछि ओलीसँग पाँच पटक भेटेँ : गगन थापा

प्रचण्ड भन्छन्- ‘स्थानीय चुनावमा संघको जस्तो हुरी आउँदैन’

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ । श्रमिकका गुनासा सम्बोधन तथा उनीहरूको हकहित र अधिकार संरक्षणका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले सम्बन्धित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँगको समन्वयमा काम अघि बढाएको हो ।

मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरी त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

यसैगरी, वैदेशिक रोजगार विभागले रोमानियामा समस्यामा परेका नेपाली श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूका गुनासा र समस्याबारे जानकारी लिन थालेको छ । ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट श्रमिकले उपलब्ध गराएका सूचना तथा गुनासोका आधारमा विभागले आवश्यक प्रक्रिया अघि बढाएको हो ।

श्रमिकका गुनासो बढेपछि विभागले रोमानियामा नेपाली कामदार पठाउने प्रक्रियामा संलग्न इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी तथा अन्य वैदेशिक रोजगार व्यवसायी संस्थामाथि अनुगमन र छानबिनसमेत सुरु गरेको छ ।

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट, स्थानीय अर्थतन्त्र प्रभावित

चिसापानीमा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

कास्कीको रिभानस्थित मैँचे डाँडामा सहिद पार्क निर्माण

वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि यूएईविरुद्ध भारतको भीमकाय जित

वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि भारत ए ले एसिया कप इमर्जिङ स्टार्समा यूएईविरुद्ध शानदार जित हासिल गरेको छ ।

कतारको राजधानी दोहामा सम्पन्न प्रतियोगिताको समूह बी अन्तर्गत मंगलबारको खेलमा भारत एले यूएईविरुद्ध ७ विकेटको भीमकाय जित हासिल गर्‍यो । यूएईले दिएको २ सय ५० रनको मध्यम लक्ष्य भारतले १४ ओभर २ बलमा तीन विकेट गुमाउँदै भेट्टायो ।

यस क्रममा भारत ‘ए’ का ब्याटर वैभव सूर्यवंशीले विभिन्न कीर्तिमान बनाए । उनले ‘लिस्ट ए’ खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटरको कीर्तिमान बनाए ।

१२ ओभर ५ बलमा आउट हुनुअघि उनले ५३ बलमा २ सय ४ रन बनाए । यस क्रममा उनले २८ छक्का र ७ चौका प्रहार गरे । लिस्ट ए क्रिकेटमा एक जना ब्याटर प्रहार गरेको यो सबैभन्दा धेरै छक्का हो ।

भारतका वैभव सूर्यवंशीले बनाए सबैभन्दा कम बलमा शतक : २८ बल खेल्दा हिर्काए ‍‍१४ छक्का

राइजिङ स्टार्स क्रिकेट : वैभव सूर्यवंशीले १६ बलमा बनाए अर्धशतक

पूर्ववत सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नहुने इरानको चेतावनी
तेहरानका पूर्ववत सातवटा सर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै पनि वार्ता नहुने इरानी संसद्का सभामुख मोहम्मद बघेर गालिबाफले स्पष्ट पारेका छन्।

इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा सामुद्रिक प्रतिबन्ध उल्लङ्घन गर्ने तीनवटा तेल ट्याङ्करमा बारुदी सुरुङ (माइन) विस्फोट भई आगलागी भएको दाबी गरेको भोलिपल्ट उनको यो भनाइ आएको हो ।

यद्यपि पश्चिमी निकायहरूले उक्त दाबीको स्वतन्त्र पुष्टि नभएको भन्दै प्रश्न उठाएका छन्। करिब नौ महिनादेखि जारी युद्ध रोक्न कतारले मध्यस्थताको प्रयास गरिरहँदा र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कतारी प्रधानमन्त्रीसँग वार्ताका विषयमा छलफल गरिरहँदा दुवै पक्षबीचको तनाव झन् चुलिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टको चेतावनी तथा इरानको छाया बैंकिङ सञ्जालमाथि अमेरिकाले लगाएको नयाँ प्रतिबन्धको जवाफमा गालिबाफले अमेरिकाले गल्ती गरे युद्धको भूगोल नै बदलिदिने चेतावनी दिएका छन् ।

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

हसिनाको स्वदेश फिर्ती अस्वीकार पक्राउ गर्ने सरकारको चेतावनी

एनभिडियामा हुआङको पुनरागमन, विवाद कायमै

वैज्ञानिकहरूले पत्ता लगाए अहिलेसम्मकै टाढाको क्वासर

विश्वभर एक वर्षमा ४७ हजार महिला-बालिकाको हत्या

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

रुसी सैन्य विमान दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा प्रवेश, लडाकू विमान परिचालन















प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ७ : ५६ बजे

उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट निस्कने धुवाँ

पाकिस्तान ए विरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा

यूएईको रस अल खैमाहमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा

दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मी विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेटको सुरुआती