कोरोनाको खोप बनेपनि ५० प्रतिशतका लागि मात्र काम गर्ने अनुमान « Khabarhub

कोरोनाको खोप बनेपनि ५० प्रतिशतका लागि मात्र काम गर्ने अनुमान


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोनाको खोप बनेपनि त्यसले ५० प्रतिशत हाराहारीमा मात्रै काम गर्ने बताएका छन्।

फाउची उनै हुन्, जसलाई ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स सदस्यमा नियुक्त गरेको छ। तर, महामारी नियन्त्रणका लागि सजगता सुझाव दिँदा राष्ट्रपति डोनाल्ड ट्रम्प उल्टै फाउचीमाथि खनिने गरेका छन्।

कोरोना रोक्न सल्लाह दिने विशेषज्ञमाथि नै खनिए ट्रम्प खोप बनेपनि सार्वजनिक स्वास्थ्य सजगता अपनाइरहनुपर्ने डा. फाउचीले बताएका छन्। महामारी नियन्त्रणका लागि खोपमा मात्रै भर पर्न नसकिने उनको दावी छ।

उनले भनेका छन्, ‘अहिलेसम्म खोप कति प्रभावकारी हुन्छ भन्नेबारे केही थाहा छैन ।’ कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ। त्यहाँ हालसम्म ४९ लाख ४० हजार ९३९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १ लाख ६१ हजार ३२८ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ३ : ५० बजे

देउवा चुनाव नलड्ने, आरजु टिकटबाट बन्चित, कांग्रेसका उम्मेदवार को कहाँबाट लड्दै छन् ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ