सशस्त्र प्रहरीका ९ जवान कोरोना संक्रमित | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका ९ जवान कोरोना संक्रमित


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा नौ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको सङ्ख्या ८६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले आज जनाएको छ ।

प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं २ छिन्नमस्ता बाहिनी कार्यालयले गत मङ्गलबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

त्यसलगत्तै बुधबार मन्त्री यादवमा सङ्क्रमण भएको पुष्टि भएको थियो । परीक्षण नतिजा नआउँदै सार्वजनिक कार्यक्रममा मन्त्री यादव सरिक भएपछि त्यस अवधिमा उनका सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा आज पाँच सर्वसाधारणलाई पनि पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ४९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता