महावीरले बनाए कोरोनाका बिरामी सुरक्षित अस्पताल पुर्‍याउने बाकस « Khabarhub

महावीरले बनाए कोरोनाका बिरामी सुरक्षित अस्पताल पुर्‍याउने बाकस


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न महत्वपूर्ण काम गर्दै आएको छ ।

माक्स, पीपीइ, स्वाब संकलन गर्ने सुइरो लगायतका सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको छ ।

केन्द्रले बिरामीहरुलाई सुरक्षित रुपमा एम्बुलेन्समा ओसारपोसार गर्न सकिने बाकस तयार पारेको जानकारी दिएको हो । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई संभावित कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए ।

आविष्कार केन्द्रका संस्थापक पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको जानकारी दिएका हुन् । उनका अनुसार यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ ।

बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन ९५ फिल्टर राखिएको छ । जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाइ छ ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पंखा राखिएका छन् । बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ ।

अबको केहीदिनभित्रै कोभिडको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने पुनले जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ५५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन