निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रता | Khabarhub Khabarhub

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रता


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षताम आज मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थलको प्रगति विवरण पेश गरिएको हो ।

आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि सहजीकरण समितिको विसं २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गरिनेछ ।

साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय पनि भएको छ ।

विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत् रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्य एक साताभित्र सक्न प्राधिकरणलाई निर्देशन दिएको छ ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णय लिनेसमेत बैठकले निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ०४ बजे

प्रहरीमा कार्यालय सहयोगी, जवान र हवल्दारलाई आधारभूत तहका कर्मचारी भन्नुपर्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संसदको चालू

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने