निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रता « Khabarhub

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्रता


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षताम आज मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थलको प्रगति विवरण पेश गरिएको हो ।

आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि सहजीकरण समितिको विसं २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गरिनेछ ।

साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय पनि भएको छ ।

विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत् रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशनसमेत दिएको छ ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी कार्य एक साताभित्र सक्न प्राधिकरणलाई निर्देशन दिएको छ ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्ताव अन्तिम निर्णय लिनेसमेत बैठकले निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ०४ बजे

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र

हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ शुक्रबार हाजिरी जमानीमा रिहा

उपसभामुखको निर्वाचन : राप्रपाकी सरस्वतीलाई ५ भोट, एमाले तटस्थ बस्यो

काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उम्मेदवार सांसद

ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर

काठमाडौं – गत वर्षको दशैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ ब्लकबस्टर