नेप्सेमा सामान्य सुधार « Khabarhub

नेप्सेमा सामान्य सुधार


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले सुधार आइ एक हजार ४९५.१५ मा पुगेको छ । सोमबार दोहोरो अङ्कले गिरावट हुँदा नेप्से एक हजार ४८७.८१ अङ्कमा पुगेको थियो । यस्तै आइतबार पनि १०.४५ अङ्कले घटेर नेप्से एक हजार ४९९.९७ मा सीमित भएको थियो ।

नेप्सेमा सुधार आए पनि कारोबार रकम भने पौने दुई अर्बमा सीमित भएको छ । आज कूल १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर रु एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २.५८ र होटल उपसमूहको शेयर ४.९६ अङ्कले घटेको छ ।

यस्तै व्यापार ८१.३, विकास बैंक ७.०४, जलविद्युत् २१.१, वित्त ४.४९, निर्जीवन बीमा ७३.४३, उत्पादन ८०.६४, अन्य १२.५६, लघुवित्त १९.१६, जीवन बीमा ४८.५९ र सामूहिक लगानी कोषको एकाइ ०.०१ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु २७ करोड ५५ लाख ३९ हजार ९६७ बराबरको शेयर खरिद बिक्री भयो । यस्तै नागरिक लगानी कोष रु १२ करोड २२ लाख ९६ हजार २७७, नेको इन्स्योरेन्स रु नौ करोड ९१ लाख ९० हजार २१०, शिवम् सिमेन्ट्स प्रालि रु आठ करोड २८ लाख ४९ हजार १४२, चिलिमे जलविद्युत् कम्पनी रु आठ करोड २६ लाख १८ लाख ३८३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ९७ लाख ५५ हजार ४४५, मञ्जुश्री फाइनान्स रु चार करोड ३८ लाख ६५ हजार ८०१, नेपाल बैंक लिमिटेड रु चार करोड एक हजार ५४२ र शिखर इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड ६४ लाख २८ हजार ८४७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले आज सबैभन्दा बढी ९.९९ प्रतिशतले कमाए । यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था ९.९३, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९१, जोशी हाइड्रोपावर ९.३०, चिलिमे हाइड्रोपावर ६.९०, नागरिक लगानी कोष र मञ्जुश्री फाइनान्स समान ६.३४/६.३४, घोडीघोडा लघुवित्त वित्तीय संस्था ६.१९, आशा लघुवित्त वित्तीय संस्था ६.०७ तथा रिलायन्स लाइफ इन्स्योरेन्सका शेयरधनीले ५.५९ प्रतिशतले कमाए ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ९.८६ प्रतिशतले गुमाए । यसैगरी पञ्चकन्यामाइ हाइड्रोपावर ६.३२, आँखुखोला जलविद्युत् कम्पनी ५्९७, घलेम्दी हाइड्रो ४.४१, युनिभर्सल पावर कम्पनी ३.९६, रैराङ हाइड्रोपावर ३.६७, दिव्यश्वरी हाइड्रोपावर ३.५१, पाँचथर पावर कम्पान्ट २.९९, युनाइटेड मोदी हाइड्रोपावर २.६८ र पोखरा फाइनान्सका शेयरधनीले २.६५ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : २० बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत