कांग्रेस महामन्त्री कोइरालामा देखियो कोरोना « Khabarhub

कांग्रेस महामन्त्री कोइरालामा देखियो कोरोना


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कोइरालाले सोमवार ह्याम्स अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । सोमवार बेलुकी आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुनः उनको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालले कोइरालालाई दोस्रो रिपोर्टका बारेमा भने जानकारी गराएको छैन ।

कोइरालामा सामान्य ज्वरो देखिएको बताइएको छ । सिटामोल खाएपछि ज्वरो पनि घटेको बताइएको छ ।

ह्याम्स अस्पतालले कोइरालालाई कोरोना संक्रमण भएकोबारे आधिकारिक जानकारी नदिएको सचिवालयले जनाएको छ ।

अस्पतालले रिपोर्ट दिएपछि यसबारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने कोइरालाका सहयोगी भरत तिवारीले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ५२ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई