दरबार हाई स्कुलको भवन हस्तान्तरण « Khabarhub

दरबार हाई स्कुलको भवन हस्तान्तरण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन सरकारको सहयोगमा पुनर्निर्माण भएको दरबार हाई स्कुलको भवन हस्तान्तरण गरिएको छ ।

गएकाे माघ महिनामै निर्माण सम्पन्न भएको यो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का कारण ढिलो भएको हो ।

मंगलबार चीनका तर्फबाट प्रोजेक्ट म्यानेजर मीनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय गोपाल महर्जन र प्रभा बज्राचार्यलाई विद्यालय भवनको साँचो हस्तान्तरण गरे ।

विद्यालय भवनमा भानु मावि र संस्कृत मावि सञ्चालित रहेकाले दुवै विद्यालय व्यवस्थापन समितिलाई साँचो हस्तान्तरण गरिएको छ ।

काठमाण्डाै महानगरपालिका–२७ रानीपोखरीको दक्षिणतर्फ साढे नाै रोपनी क्षेत्रफलमा रहेको विद्यालय भवन चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । भवनको ठेक्का चिनियाँ कम्पनी शङ्घाई कन्सट्रक्शनले लिएको थियो । ८५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो चार तले भवन ४० कक्षा कोठाको छ ।

दरबार हाई स्कुलको एउटै भवनमा साधारण धारतर्फ भानु मावि र संस्कृत धारतर्फ संस्कृत मावि सञ्चालित छन् । दुवै विद्यालय अलग–अलग व्यवस्थापनमा चलिरहेका छन् । दुवै विद्यालयमा गरी तीन सय ५० विद्यार्थी अध्ययनरत छन् भने ३५ जना शिक्षक कार्यरत छन् ।

भूकम्पले ध्वस्त बनेपछि प्रदर्शनीमार्गमा रहेकाे वाल्मीकि विद्यापीठको खाली स्थानमा अस्थायी कक्षा कोठा बनाएर पठनपाठन हुँदै आएको छ । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सकिएको भए पनि कोभिड–१९ का कारण हस्तान्तरण हुन नसकेको बताउनुभयो ।

विसं २०७२ मा गोरखाकाे बारपाक केन्द्रविन्दु भएर गएकाे भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको हाई स्कुलको पुनर्निर्माणको शिलान्यास २०७५ साल साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा यो विद्यालय स्थापना गरिएको थियो ।

विसं १९६४ मा सर्वसाधारणका छोराछोरीलाई संस्कृत पढ्नका लागि खुला गरिएको यो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढाउने गरिएकाे थियाे । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति लागू भएपछि याे विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ ।

सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको छ । यसअघि लामो समय काठमाण्डाै महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनर्निर्माणको काम सुरु भएको थियो । निर्माणको समयमा भएको सम्झौताअनुरुप निर्माण कम्पनीले शिक्षक र विद्यार्थीको प्रयोगका लागि ७५ वटा कम्प्युटर पनि दिएको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : ३७ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई