सीपीएल क्रिकेट : सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित « Khabarhub

सीपीएल क्रिकेट : सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रकेट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने सामेल जमैका तलाबाज पराजित भएको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो । ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । सुनिल नारिन ४ रनमा आउट भए । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

नेपाली लेग स्पीनर सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । तर, सन्दीप विकेट लिन असफल भए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।

यस्तै कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे । जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट तथा खारी पेरीले २ विकेट लिए ।

अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ । गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ५५ बजे

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला