कति दिनमा देखिन्छ कोरोनाको लक्षण ? « Khabarhub

कति दिनमा देखिन्छ कोरोनाको लक्षण ?


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ ।

कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गाजेको हुन्छ । त्यसैले आजहामी तपाईंलाई कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं ।

१. शुरुमा ज्वरो आउँछ र बिस्तारै सुख्खा खोकि र रुघा लाग्दछ ।
२. शरीरको मांसपेशीमा पीडा हुन्छ । अचानक आलश्य बढ्दछ ।
३. केहिको गला सुन्निने समेत हुनसक्छ ।
४. पाचौं दिनसम्ममा स्वास फेर्न ग्राहो हुन थाल्दछ ।
५. विशेषत वृद्ध मानिसमा यो समस्या बढि देखा पर्दछ ।
६. लगभग सातौं दिनसम्ममा संक्रमित आफुलाई निकै बिरामी महशुस गर्दछन् ।
७. आठ दिनपछि संक्रमण नियन्त्रण नभएमा फोक्सोमा समस्या शुरु हुने गर्दछ ।
८. यसले अक्सीजन लिन ग्राहो हुन्छ र छातिमा अत्यधि पिडा हुन्छ ।
९. कोरोना भाइरसको संक्रमण २ दिनदेखि १० दिनभित्र देखिसक्छ ।
१०. मानिस बाहिर बिरामी नदेखिएकाले अरुलाई सर्ने सम्भावना उच्च हुन्छ ।

कसरी राख्ने ख्याल ?
१. आसपासमा सरसफाइमा ध्यान दिनुहोस् ।
२. अनिवार्य मास्कको प्रयोग गर्ने ।
३. बारम्बार २० सेकेण्डभन्दा बढि साबुन पानीले हात धुने ।
४. बिना काम घर बाहिर ननिस्कने ।
५. दैनिक प्रयोगमा आउने साझा सामाग्रीको प्रयोग बन्द गर्ने ।
६. भान्सा, टेबल वा कुनै पनि सतह छोएपछि सतह र हात दुबै स्यानिटाइज गर्ने ।
७. कपडा, ओच्छ्यान तथा अन्य सामाग्रीको पहिलेभन्दा बढि सरसफाई गर्ने ।
८. टेलिभिजन, कम्प्युटर, एसि लगायका रिमोटलाई सबैले नछुने ।
९. अनिवार्य सामाजिक दुरीको नियम पालना गर्ने ।
१०. तातो र रोगप्रतिरोधात्मक वस्तुको सेवन गर्ने ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ११ : ०१ बजे

ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले

गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट 

रुपन्देही– गृहमन्त्री ओमप्रकाश अर्यालले रूपन्देही जेन-जी नेपाल समुहका केही युवाहरूलाई

चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा

काठमाडौं– सरकारले चारजना सचिवहरूको सरुवा गरेको छ । जसअनुसार संघीय