अवार्ड शोबारे सैफ अली खानले भने – यो पैसा कमाउने माध्यम हो « Khabarhub

अवार्ड शोबारे सैफ अली खानले भने – यो पैसा कमाउने माध्यम हो


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सैफ अली खानले खुलेर आफ्ना बारेमा कुरा राख्ने गर्छन् । नेपोटिज्मबारे आफ्नो विचार राखेका सैफले बलिउडमा हुने अवार्ड शोका बारेमा पनि आफ्नो धारणा राखेका छन् ।

सैफले अवार्ड शोलाई ठूलो तमासा भएको बताएका छन् । उनले आफ्नो धारणामा यस्ता अवार्ड शोका कार्यक्रममा आफ्नो विश्वास नभएको बताएका छन् ।

साथै उनले एक अन्तर्वार्ताका क्रममा आफूलाई अवार्ड शोका बारेका कुनै चासो नभएको पनि बताएका छन् ।

सैफलाई फिल्म ‘हम तुम’ बाट राष्ट्रिय अवार्ड मिलेको थियो । तर, यो अवार्डका लागि उनी योग्य नभएको चर्चा पनि चलेको थियो ।

सैफले अन्तर्वार्ताका क्रममा बलिउडमा हुने अवार्डलाई ‘तमासा’ भनेका हुन् । ‘केही साल पहिले एक अवार्ड शो मा गएका थिएँ, उहाँ मलाई बेस्ट एक्टरको अवार्ड दिने भनियो, पछि मलाई कमिक रोलमा बेस्ट एक्टरका अवार्ड दिने भनियो,’ उनले भने ।

सैफले अवार्ड कार्यक्रमलाई पैसा कमाउने माध्यम भएको पनि बताए । उनले भने, ‘सबै थोक व्यवसायिक भइसकेको छ, अहिले त कलाकारले स्टेजमा प्रस्तुति पनि पैसाका लागि गर्न थालेका छन् ।’

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ३ : १० बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक