खेलाडीमा कोरोना संक्रमण देखिए अभ्यास नगर्नू – डा सरोज कृष्ण श्रेष्ठ « Khabarhub

खेलाडीमा कोरोना संक्रमण देखिए अभ्यास नगर्नू – डा सरोज कृष्ण श्रेष्ठ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डाक्टर सरोज कृष्ण श्रेष्ठले यदि कुनै खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भए त्यो समय अवधिमा अभ्यास नगर्न सुझाव दिएका छन् ।

बिहीबार एलिट क्लब विराटनगरले आयोजना गरेको जुम भेलामा बोल्दै डाक्टर श्रेष्ठले यस्तो बताएका हुन् ।

डाक्टर श्रेष्ठले खेलाडीलाई कोरोना देखि कम्तिमा पनि १४ दिनको आइसोलेसन समयमा आराम गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसले फोक्सो र मुटुमा असर गर्ने भएकाले जतिसक्दो सुरक्षित रहनुपर्ने उनको सुझाव छ ।

सुरक्षाका मापदण्ड अपनाउँदा अपनाउँदै कुनै खेलाडीलाई लागिहालेमा अभ्यास नगरी आराम गर्नु पर्ने डा श्रेष्ठ बताउँछन् ।

‘खेलाडीलाई कोरोनाको संक्रमण देखिए घरमा अभ्यास गर्न मिल्दैन । इमयुनिटीपावर बढाउने भन्दै अभ्यास गरे त्यसले पछिका लागि समस्या गर्ने अध्ययनले देखाएको छ,’ डाक्टर श्रेष्ठले भने ।

यस्तै, डाक्टर श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मेडिकल एन्ड साइन्टीफीक कमिटी गठन गरेर यस कठिन परिस्थितिमा जुध्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ५ : ०५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क