भारतको सहयोगमा कैलालीको सरस्वती माविको भवन निर्माण « Khabarhub

भारतको सहयोगमा कैलालीको सरस्वती माविको भवन निर्माण


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको सहयोगमा कैलालीमा विद्यालय भवन निर्माण भएको छ ।

३ करोड ३ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित कैलालीको टीकापुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयको भव आज उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहितको उक्त दुई तल्ले विद्यालय भवनको निर्माण गरिएको हो ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको हो ।

Image

सुदुर पश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा छ ।

सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो । विद्यालयमा ५५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ५ : ५९ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज