‘खेलकुदका गतिविधि गराउन सकिन्छ तर जोखिम कम भएको छैन’ « Khabarhub

‘खेलकुदका गतिविधि गराउन सकिन्छ तर जोखिम कम भएको छैन’



काठमाडौँ— झण्डै सात महिनादेखि ठप्प खेल गतिविधि सुरु गर्न सम्भव छ कि छैन ? नेपालको खेल क्षेत्रमा यो प्रश्न निकै टड्कारो बनेको छ ।

जनस्वास्थ्यविज्ञ डा. सुमन रावलको विचारमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को र नेपाल सरकारको स्वास्थ्य निर्देशिका पालना गर्न सके खेल गतिविधि सञ्चालन गर्न सकिन्छ ।

डा. सुमन रावल, जनस्वास्थ्यविज्ञ

पालना गर्न नसके के हुन्छ ? यसमा पनि डा. रावलको जवाफ हाजिर छ, ‘स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्न सकिएन भने चाहिँ खेलकुद गतिविधिले ब्याकफायर गर्न सक्छ ।’

डा. रावलका अनुसार डब्ल्युएचओले आयोजक र सहभागी खेलाडीले ध्यान दिन पर्ने कुराहरू स्पष्ट पारेर निर्देशिका दिएको छ । ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी बनाउने, शरीरको तापक्रम नाप्ने, साबुनपानीले राम्रोसँग हात धुने, मास्क प्रयोग गर्ने लगायतका कुरा छन् ।

खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई सके १४ दिन र नसके कम्तीमा ७ दिन क्वारेन्टिनमा राखेर अभ्यास गराउन र खेलाउन सकिने डा. रावलको भनाइ छ ।

उनी भन्छन्, ‘खेलाडीलाई केही दिन स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा राख्न सके जोखिम कम हुन्छ । इन्डोर गेम धेरै मानिस भेला नगरी, राम्रो भेन्टिलेसन भएको हलमा गर्न सकिन्छ ।’

मैदानमा खेलाडीहरू कम्तीमा एक मिटर दूरी बनाएर बस्नुपर्छ । चेन्जिङ रूम पनि अलिक फराकिलो हुनुपर्छ । डा. रावलका अनुसार सरकारले व्यवस्थित तरिकारले खेल गतिविधि सञ्चालन गर्न दिँदा हुन्छ तर मापदण्ड पालना अनिवार्य छ ।

डा. रावलले भने, ‘स्वास्थ्य सुरक्षाको उपाय अपनाएर व्यवस्थित तरीकाले खेलाडीलाई मैदानमा उतार्न सक्दा सरकारले राम्रो काम गरेको सन्देश जानसक्छ, खेलाडीहरूले पनि सुरक्षित महसुस गर्छन् ।’

खेलाडी, प्रशिक्षक र अफिसियलहरूको उचित व्यवस्थापन भएन र स्वास्थ्य सुरक्षा दिन सकिएन भने झन कठिन अवस्था आउन पनि आउन सक्छ । यो पक्षमा ध्यान दिन उनको सुझाब छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाले खेलाडीलाई क्वारेन्टिनको व्यवस्था गर्न नसकिने बताइसकेका छन् । उनले खेलाडीहरूलाई सुरक्षित अभ्यासमा फर्काउन आफूले पहल गरिरहेको पनि बताएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि सरकारले गत फागुन अन्तिममा खेल गतिविधि बन्द गराएको थियो । राखेपले सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मैदानमा चलिरहेको शहीद स्मारक बी डिभिजन लिग बीचमै राक्न निर्देशन दिएको थियो ।

साउन पहिलो साता नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलको अभ्यास सुरु गर्न अनुमति दिएको थियो तर अभ्यास सुरु गर्न नपाउँदै भदौ ४ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी भयो । राखेपले पनि खेल अभ्यास बन्द गर्न पत्र नै लेखेको थियो ।

एन्फाले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि अभ्यास सुरु गर्न राखेपमा अनुमति मागेको छ तर कुनै ठोस निर्णय भएको छैन । एन्फाको उक्त निर्णय सिसिएमसीमा पुगेको बताइएको छ ।

खेलाडीलाई मैदान फर्काउन ढिलो हुँदै गएकोमा खेल क्षेत्रका सरोकारवालाहरू गुनासो गर्न थालेका छन् । सरकार खेल गतिविधि चलाउन गम्भीर नभएको उनीहरूको आरोप छ ।

हाल कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । बिहीबारसम्ममा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ नयाँ संक्रमित भेटिएका छन्, तीमध्ये २ हजार ५४० जना काठमाडौँ उपत्यकका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : ०५ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो