कोरोनाको मारले लाखौं दक्षिण एशियाली नागरिक चरम गरिबीमा धकेलिँदै : विश्व बैंक « Khabarhub

कोरोनाको मारले लाखौं दक्षिण एशियाली नागरिक चरम गरिबीमा धकेलिँदै : विश्व बैंक


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ ।

प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा मात्रै ०.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

बैंकले आज सार्वजनिक गरेको अर्धवार्षिक अपडेट अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशियामा यस वर्ष हालसम्मकै सुक्ष्म मन्दीमा डुबेका छ । जसका कारण अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन् भने लाखौं दक्षिण एशियाली नागरिक चरम गरिबीमा धकेलिँदै गएको छ ।

पछिल्ला पाँच वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक सङ्कुचन दर सन् २०२० मा ७.७ प्रतिशतले सङ्कुचित हुने आकलनसहित यो प्रतिवेदनले दक्षिण एशियाभरि अपेक्षा गरिएको भन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान छ ।

जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति नगर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

यस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा समेटिएका मानिसलाई सबैभन्दा बढी गम्भीर असर पर्ने तथा उनीहरु चरम गरिबीमा धकेलिन सक्ने सम्भावना रहेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले जानकारी दिए । उनले त्यस्ता वर्गलाई आय, सामाजिक सुरक्षा, रोजगारीसहिको सहयोग गर्नका लागि शीघ्र कार्य आवश्यक रहेको बताए ।

भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तीय पहुँचलाई बढावा दिँदै द्रूतगतिमा पुर्नलाभ प्राप्त गर्न लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनु आवश्यक रहेको उनको भनाइ छ । नेपालको अनौपचारिक व्यवसायमा करिब ५० प्रतिशत उद्यमहरु पर्ने र ती उद्यमहरुमध्ये अधिकांश श्रमजीविको कमाईको मुख्य स्रोत रहेको बैंकको ठहर छ ।

बैंकले विपन्न तथा जोखिममा रहेका समुदायको संरक्षण गर्न, मानव स्रोत विकास गर्न, व्यवसायलाई सघाउन र आर्थिक क्रियाकलपालाई गति दिन १५ महिनासम्मका लागि १०० भन्दा धेरै देशमा अनुदान तथा सहुलियत पूर्ण ऋणका रुपमा एक अर्ब ६० करोड अमेरिकी डलर भन्दा बढी रकम प्रवाह गरिने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ४३ बजे

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक

पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति