कोरोना संक्रमित जेसिजका पूर्वउपाध्यक्ष झाको निधन « Khabarhub

कोरोना संक्रमित जेसिजका पूर्वउपाध्यक्ष झाको निधन


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरस संक्रमित नेपाल जेसिजका पूर्वउपाध्यक्ष एवं पूर्वगाविस सचिव कुमुदचन्द्र झाको आज बिहान मृत्यु भएको छ ।

भद्रपुर–५ का ६३ वर्षीय झा बिहान सवा ४ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार मेची प्रादेशिक अस्पतालमा स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक २१ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

झा भद्रपुर जेसिजका सन् १९९६ का अध्यक्ष एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ३९ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र