पूर्वसांसद् वीरबहादुर लामाको निधन « Khabarhub

पूर्वसांसद् वीरबहादुर लामाको निधन


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका ७० वर्षीय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामा २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए।

निमोनिया भएपछि सोमबार लामालाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी २०३३ सालमा नख्खु जेलबाट सुरूङ खनेर भागेका राजबन्दी मध्येका एक थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ०३ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको